फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार
nagariknews.nagariknetwork.com · Mon Jun 08 00:48:57 GMT 2026

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
काठमाडौं महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आइताबर प्रहरीले उद्धार गरेको हो। उनीहरू हराएको सूचना जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा प्राप्त हुनासाथ तत्काल उद्धार टोली परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)