आन्तरिक विवाद छाडेर साझा एजेन्डामा केन्द्रित हुन एनआरएनएलाई पूर्वअध्यक्ष आरके शर्माको सुझाव
ajakoartha.com · Mon Aug 03 06:34:00 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले संस्थाभित्र भएको बृहत एकतालाई व्यवहारमा उतार्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। एकताका लागि भएका सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले नेतृत्वलाई विगतका प्रतिबद्धताअनुसार इमान्दारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।
संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूलाई सम्बोधन गर्दै शर्माले जारी गरेको सन्देशमा बृहत् एकताका क्रममा भएको दसबुँदे मूल सहमति तथा त्यसपछिका लिखित र मौखिक समझदारीहरू अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्। सहमतिको भावना व्यवहारमा देखिन नसक्दा संस्थाभित्र अन्योल र असन्तुष्टि बढ्न सक्ने संकेत पनि उनले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)