मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आगामी वर्षको बजेट सिलिङ १८ खर्ब

ekantipur.com · Sat Feb 17 01:02:08 GMT 2024

काठमाडौँ — आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिलिङ सिफारिस गरेको जानकारी दिएका हुन् ।

योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ सिफारिस गरेको हो । प्रधानमन्त्री, स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाट बजेटको सिलिङ तोकिएको मन्त्री महतले दाबी गरे । मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ बराबर हुने प्रक्षेपण गरेको थियो । आयोगले मध्यकालीन खर्च संरचनाले प्रक्षेपण गरेको भन्दा डेढ खर्ब रुपैयाँ कम बजेटको सिलिङ तोकेको हो । मुलुकको आवश्यकता र स्रोतको दृष्टिकोणबाट छलफल भएर बजेट सिलिङ तोकिएको भन्दै उनले यसमा कुनै द्विविधा वा विवाद नभएको स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)