प्रचण्डमाथि संसदीय अंकगणितको दबाब, बज्दै खतराको घण्टी!
pahilopost.com · Wed Jun 28 16:36:01 GMT 2023
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६ महिनाअघि ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बने। नेकपा (एमाले) का ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४ र ३ जना स्वतन्त्र गरी १६९ प्रचण्डको पक्षमा उभिए।
दुई पटक विश्वासको मत, सभामुख/उपसभामुखको निर्वाचन, बजेटमा भएको मत विभाजनलगायतका घटनामा प्रचण्डको शक्तिको ग्राफ उतारचढावपूर्ण रह्यो। प्रचण्डले ६ महिनाको अवधिमा आफ्नो शक्ति कतिसम्म गुमाएका छन् भने उनको सरकार नै जोखिममा पर्ने भय बजेट पारितअघि देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)