‘गौँथली’ ले दोस्रो सातामा कमायो साढे १३ करोड, दर्शक ५ लाख नजिक
ratopati.com · Mon Aug 03 06:40:18 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड बढी व्यवसाय गरेको छ ।
पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाख ४६ हजार ५३५ ग्रस कलेक्स गर्न सफल भएको छ । फिल्मलाई यस अवधिमा ४ लाख ९४ हजार ११५ जनाले हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)