बारबारकाे अवराेधले घट्याे चिया निर्यात, एक वर्षमै ६४ करोड रुपैयाँ आम्दानी घट्यो
arthadabali.com · Mon Aug 03 06:59:55 GMT 2026

काठमाडौँ / पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेखनीय गिरावट आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै आम्दानी पनि घटेको तथ्याङ्कले देखाएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात हुँदा त्यसबाट तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ आम्दानी भएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भई चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)