कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति १० तोला सुन र १० तोला चाँदी
kendrabindu.com · Sun Oct 04 01:19:06 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक विवरणअनुसार उनीसँग १० तोला सुन र १० तोला चाँदी छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति, शिक्षक हुँदाको तलब र व्यवसायबाट प्राप्त आम्दानीबाट जोडेको उनले उल्लेख गरेका छन् ।
विवरणअनुसार ४ तोला सुन पैतृक सम्पत्ति हो भने २ तोला शिक्षक हुँदाको तलबबाट जोडिएको हो । व्यवसायबाट प्राप्त पारिश्रमिकबाट २०८० सालमा थप २ तोला र २०८१ सालमा २ तोला सुन जोडेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)