लिभरपुलले जित्ला त चार उपाधि ?
ekantipur.com · Thu May 05 00:57:12 GMT 2022
लन्डन — मंगलबार राति ४५ मिनेटसम्म लागेको थियो, सायद लिभरपुलको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनल पुग्ने सपना तुहिन सक्ने छ । सेमिफाइनल दोस्रो लेगमा लिभरपुलमाथि भिल्लारियलले मज्जाले चढेर खेलेको थियो । लिभरपुलले सायद सिजनकै सबैभन्दा खराब पहिलो हाफ खेलेको थियो । यसले एकै सिजन टोलीको चार उपाधि जित्ने धोको समाप्त हुने डर पनि उत्पन्न भएको थियो । तर पूरा सिजनको कथा जस्तै योर्गन क्लोपको टिमले उपाय झिकिहाल्यो ।
गत साता एनफिल्डमा भएको पहिलो लेगको सेमिफाइनल २–० को जितेको स्थितिमा लिभरपुल नै यसमाथि नियन्त्रण राख्न सफल देखिन्थ्यो । तर, पहिलो हाफ समाप्त हुँदा नहुँदा टोलीको यो अग्रता स्पेनी क्लबले काटिसकेको थियो । खेल २–२ को बराबरीमा पुगेको थियो । यसक्रम खेलको एक घण्टासम्म पनि चल्यो । फाबिन्होसँगै दोस्रो हाफमा सब्स्टिच्युट भएका लुइस डियाज र साडियो मानेले एक–एक गोल गरेपछि त लिभरपुल पेरिसमा हुने फाइनलमा पुगिहाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)