शाइ होपको कीर्तिमानी शतकमा वेस्ट इन्डिजको ऐतिहासिक जित
nagariknews.nagariknetwork.com · Sun Oct 04 01:34:25 GMT 2026
वेस्ट इन्डिजले भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा ऐतिहासिक जित निकालेको छ। कप्तान शाइ होपको उत्कृष्ट शतकको मद्दतमा वेस्ट इन्डिजले भारतले दिएको ३५९ रनको लक्ष्य सहज रूपमा पूरा गर्दै ओडीआई क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमान बनाएको छ।
शनिबार न्यु चण्डीगढमा भएको खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। जवाफमा वेस्ट इन्डिजले होपको १६२ रनको उत्कृष्ट इनिङ्सको मद्दतमा लक्ष्य पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)