महालक्ष्मीको १६ दिने व्रत समापन
nepalviews.com · Sun Oct 04 01:41:16 GMT 2026

काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत शनिबारराति चन्द्रमालाई अघ्र्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दारिद्र्य नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।
भगवान् शङ्करले यो व्रतविधि देवी पार्वतीलाई बताएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ । देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेको महालक्ष्मी व्रतकथामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)