बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा
aarthiknews.com

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।
काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बिपी राजमार्गको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा यात्रु तथा सवारी चालकहरू उच्च जोखिममा यात्रा गर्न बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)