जियोलोजिष्ट खनालसँग उद्योग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिनभित्र पेस नगरे सेवाबाट हटाउने
ratopati.com · Mon Aug 03 07:40:21 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिष्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र सफाइ पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण माग गरेको हो ।
नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहका रा.प. तृतीय (प्राविधिक) पदमा कार्यरत जियोलोजिष्ट खनाल (कर्मचारी संकेत नं. २०१२९४) मिति २०८२ साउन ९ गतेदेखि हालसम्म बिना सूचना लगातार अनुपस्थित रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)