‘विदेशबाट घर फर्किँदा न श्रीमती भेटिइन्, न सम्पत्ति नै !’
lokaantar.com

झापाको भद्रपुर नगरपालिका–९ का दिलिप राजवंशी गत शुक्रबार प्रहरी वृत्त गौशलामा एउटा जाहेरी लिएर पुगे । जाहेरीमा उनकै श्रीमती गीताकुमारीलाई विपक्षी बनाइएको देखेपछि प्रहरीले सोध्यो, ‘श्रीमतीकै विरुद्धमा किन जाहेरी दिन आउनुभयो ?’ राजवंंशीले जवाफ दिए, ‘मैले विदेशमा झण्डै ९ वर्ष काम गरेर कमाएको सम्पत्ति लिएर अर्कैसँग भागेपछि बाध्य भएर श्रीमतीविरुद्ध जाहेरी दिन आएको हुँ ।’
प्रहरीले जाहेरी पढ्यो । जाहेरीमा राजवंशीले आफूले विदेशमा पसिना बगाएर कमाएको १४ लाख रुपैयाँले झापाको कचनकबलमा एक कट्ठा जग्गा श्रीमती गीताकुमारीकै नाममा खरिद गरिदिएको उल्लेख गरेका छन् । त्यतिमात्रै होइन, उनले पटकपटक गरी चारदेखि पाँच लाख रुपैयाँ श्रीमतीलाई विदेशबाट पठाएको समेत दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)