मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भौतिक मन्त्रालयको वित्तीय प्रगति आधामात्र

karobardaily.com · Fri Apr 16 01:13:00 GMT 2021

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोश्रो चौमासिकसम्म ४० अर्ब १४ करोड ८० लाख खर्च गरेको छ । जुन चालु आर्थिक वर्षको मन्त्रालयको कुल बजेटको ५९ प्रतिशत वित्तीय प्रगति हो । मन्त्रालयका अनुसार भौतिक प्रगति पनि आधामात्र गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई १ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा चालु खर्चमा १२ अर्ब ९९ करोड ९२ लाख ६३ हजार र पुँजीगत तर्फ करिब १ खर्ब २५ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले प्रथम चौमासिकमा ३० प्रतिशत वित्तीय प्रगति गरेको थियो । तर, दोश्रो चौमासिकसम्म १ हजार किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको मन्त्रालयले आधा अर्थात् ५ सय ५० किलोमिटर मात्र नयाँ कालोपत्रे गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा कूल १८ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)