नेसन्स लिगमा स्पेन र इङ्ल्यान्डको शानदार जित
nepalsamaya.com · Sun Oct 04 02:07:08 GMT 2026
काठमाडौं- युरोपेली नेसन्स लिगअन्तर्गत स्पेन र इङ्ल्यान्डले प्रभावशाली जित निकालेका छन्। गएराती सम्पन्न खेलमा स्पेनले चेक गणतन्त्रलाई ३–१ ले हराउँदा इङ्ल्यान्डले क्रोएसियामाथि ७–० को फराकिलो जित दर्ता गरेको हो।
स्पेनको जितमा लामिन यामाल, रोड्री र मिकेल मेरिनोले गोल गरेका थिए भने चेक गणतन्त्रका लागि जिरी स्लामाले एक गोल फर्काएका थिए। जितसँगै स्पेनले तीन खेलबाट ९ अंक जोड्दै समूहमा शीर्ष स्थान कायम राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)