मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन आग्रह

barnanmedia.com · Sat Sep 27 21:50:29 GMT 2025

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवं अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्यहरू नगर्न/नगराउन आग्रह गरिएको छ । चाडपर्वको अवसरमा सार्वजनिकस्थलमा अनावश्यक भीडभाड, होहल्ला तथा झैझगडा नगर्न, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न÷गराउन अनुरोध गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)