धरानमा सुन, चाँदी र नगद चोरी गरेको आरोपमा तीन जना पक्राउ
annapurnapost.com · Mon Aug 03 07:47:12 GMT 2026

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–११ स्वस्तिका चोकस्थित पप्पु साहको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
आइतबार बिहान करिब ३:३० बजे पप्पु साहको घरबाट सुन–चाँदीका गरगहना, मोबाइल फोन तथा नगद रकम चोरी भएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान तीव्र बनाउँदै तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)