थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै
nepalnews.com · Sun Oct 04 02:12:33 GMT 2026

तुलसीपुर (दाङ) । भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…. । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।
शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ । थारू समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ‘ढिक्री घर’ खोलिएको सञ्चालक रोशन रत्गैयाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)