भारतविरुद्व ब्राजिलको सहज जित
kendrabindu.com · Sun Oct 04 02:14:15 GMT 2026
काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतविरुद्ध ४–० को सहज जित निकालेको छ । शनिबार कोलकाताको साल्ट लेक रंगशालामा ब्राजिललाई जित दिलाउन स्यामुएल लिनोले दुई तथा इस्तिभाओ र पेड्रोले एक-एक गोल गरे ।
खेलको २९औँ मिनेटमा इस्तिभाओको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । पेड्रोले ४२औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । स्यामुएलले ५८औँ मिनेट र इन्जुरी टाइममा गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।ब्राजिल र भारतले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक एक अर्काको सामना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)