भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण
ratopati.com · Thu Oct 26 22:19:00 GMT 2023
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । दूतावासमा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् ।
दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममाती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । यता नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)