‘गौँथली’ले हालसम्म कति कमायाे ?
kendrabindu.com · Mon Aug 03 08:03:22 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ ।
प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)