सिजनमै अलैँचीको मूल्य घटेपछि धनकुटाका किसान चिन्तित
nepalnews.com · Sun Oct 04 02:16:12 GMT 2026

काठमाडौं। अलैँचीको मुख्य सिजनमै बजार मूल्य निरन्तर ओरालो लागेपछि धनकुटाका किसान चिन्तित बनेका छन्। भदौको पहिलो साता प्रतिमन ९८ हजार रुपियाँमा कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले ८५ हजार रुपियाँमा झरेको छ। एक महिनाको अन्तरालमा अलैँचीको मूल्य प्रतिमन १३ हजार रुपियाँले घटेको हो।
पाख्रीबास नगरपालिका-१ सान्नेका कृषक निर्मल स्याङ्देनले उत्पादन बजारमा ल्याउने समयमै मूल्य घटेकाले समस्या भएको बताउनुभयो। दसैँअघिको यो समय अलैँचीको मुख्य सिजन मानिन्छ। अर्का किसान लाखमान घिसिङका अनुसार बजारमा अलैँचीको आपूर्ति बढ्दै जाँदा मूल्य घटेको र व्यापारीले स्टक बढेको बताउने गरेका छन्। गत वर्ष यसै सिजनमा प्रतिमन ९५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)