अबको केही दिनमै सरकारले नागरिकको घर दैलोमा गएर सेवा दिन्छ : सञ्चारमन्त्री गुरुङ
baahrakhari.com · Fri May 07 17:23:00 GMT 2021
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले नागरिकको घरदैलोमै गएर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताएका छन् । छैटौँ पत्रकारिता दिवसका अवसमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिनेगरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर सेवा’ सञ्चाल गरिने आश्वासन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)