मार्तडी–कोल्टी सडक २५ वर्षमा नौ किलोमिटर कालोपत्रे
ratopati.com · Sun Oct 04 02:27:49 GMT 2026

धनगढी । बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्र हुँदै कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने मार्तडी–कोल्टी सडक अझै पनि यात्रुका लागि सहज मार्ग बन्न सकेको छैन। सडक निर्माण सुरु भएको दशकौँ बितिसक्दा पनि आवश्यक संरचना पूरा नहुँदा स्थानीयले बर्षायाममा वर्षभरि नै सास्ती खेप्दै आएका छन्।
मार्तडदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर दूरी छ। सडकको अवस्था र ठाउँ–ठाउँमा पुल नहुँदा यात्रुले एउटै यात्रामा पटक–पटक सवारीसाधन परिवर्तन गर्नुपर्ने अवस्था छ। वर्षाका बेला खोलामा बाढी आएपछि समस्या थप जटिल बन्छ। कतिपय अवस्थामा सामान्य यात्राका लागि पनि दुई हजार रुपैयाँसम्म अतिरिक्त भाडा तिर्नुपर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)