पूजा धानुकको मृत्यु कि ह*त्या चाँडो निरुपण होस् : सांसद चन्द
baahrakhari.com · Mon Aug 03 08:16:05 GMT 2026

काठमाडौं । सांसद रेणु चन्दले पूजा धानुकको मृत्यु प्रकरणको छानबिन चाँडो टुंग्याउन माग गरेकी छन् । सोमबार (साउन १८) राष्ट्रियसभा बैठकमा उनले दाइजोका नाममा प्रताडना भोगिरहेकी धानुकको मृत्युपश्चात् दाहसंस्कार समेत नभएको भए पनि राज्यका निकायले उजुरी दर्तादेखि अनुसन्धानमा ढिलाइ गरेको आरोप लगाइन् ।
“पूजा धानुकको मृत्यु ११ गतेको घटना हो । दाइजोको नाममा प्रताडित गरिएको र त्यही निहुँमा मर्न बाध्य पारिएको वा मारिएको आरोप माइती पक्षको छ,” सांसद चन्दले भनिन्, “मुद्दा दर्तामा ढिलाइ, अनुसन्धानमा ढिलाइ हुँदा अहिलेसम्म दाहसंस्कार पनि भएको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)