मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा कक्रोच पार्टीद्वारा दिल्ली मार्च आह्वान
kendrabindu.com · Sun Oct 04 02:30:40 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टीले भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारले राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च आयोजनाको घोषणा गरेको छ । प्रहरीले भेला हुने अनुमति नदिए पनि मुम्बईको शिवाजी पार्कमा हजारौँ प्रदर्शनकारी सहभागी भएको विरोध प्रदर्शनपछि सीजेपीले दिल्ली मार्चको आह्वान गरेको हो ।
सीजेपीका संस्थापक तथा संयोजक अभिजीत दिपकेले एक वक्तव्य जारी गर्दै ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा भारतभरका ‘ककरोच’ दिल्ली पुगेर जन्तर–मन्तरमा प्रदर्शन गर्ने बताएका छन् । दिल्ली प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजे जहाँ रोक्छ, त्यही स्थानलाई जन्तर–मन्तर बनाएर प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)