काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी
ratopati.com
file photo
उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम लिन्छु । त्यसैले खुला ढोकाबाट राजनीतिका लागि अगाडि बढेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)