कांग्रेस महाधिवेशन : खुलामञ्चमा यस्तो छ तयारी
nepalviews.com · Sun Oct 04 02:43:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आएका छन् भने केही आउने क्रम जारी छ । राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)