‘बार्न’ अध्यक्षमा घिमिरे
clickmandu.com · Mon Jun 08 01:06:25 GMT 2026

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका अन्तरराष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न)को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् ।
बार्नको भर्खरै सम्पन्न वार्षिक साधारणसभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ, महासचिवमा सरिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही निर्वाचित हुनुभएको बार्नले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)