नेपाली भाषाको भविष्य
nepalnews.com · Mon Aug 03 08:42:03 GMT 2026

विश्वमा प्रचलित विभिन्न भाषाको विकास र विस्तारमा अनेकौँ कुराले प्रत्यक्ष-परोक्ष प्रभाव पारेका हुन्छन्। नेपालमा राष्ट्रभाषाको मान्यता पाएको र सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषाले यो नाम निकै पछि मात्रै पाएको हो। पहिले गोर्खा भाषा भनिने गरेकामा राणाशासनको उत्तरार्धतिर नेपाली भाषा भन्ने न्वारान भएको हो। राणाकालमा गोर्खा भाषा प्रकाशिनी समिति नामको संस्था अस्तित्वमा रहनु यसको ज्वलन्त उदाहरण हो।
श्री ३ चन्द्रशमशेरको पालामा १९७०/१९७१ सालमा स्थापना भएको उक्त संस्थाको नाम १९९०/१९९१ सालमा परिवर्तन गरी नेपाली भाषा प्रकाशिनी समिति राखिएको थियो। पछि यसको पुनर्गठन र संस्थागत परिवर्तनहरूपछि २०२१ सालमा सहकारी ढाँचाको प्रकाशन संस्थाका रूपमा साझा प्रकाशन स्थापना हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)