प्रत्यक्षमा महिला उम्मेदवार न्यून
gorkhapatraonline.com · Tue Oct 11 01:08:31 GMT 2022
जयकृष्ण यादव
इनरुवा, असोज २५ गते । देशको आधा बढी जनसङ्ख्या रहेको महिलालाई राजनीतिक दलले राजनीतिक रूपमा उपेक्षा गरेको पाइएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको छ । जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९५ जनाको उम्मेदवारी दर्ता हुँदा १० जना र आठ प्रदेश सभा सदस्यका लागि ११८ जनाको उम्मेदवारी दर्ता हुँदा १८ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी २१३ जनाको उम्मेदवारी परेकोमा महिला सङ्ख्या २८ मात्र छ। यहाँ प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ प्रतिशत महिलाले मात्रै उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता भएका मध्ये पनि ठूूला राजनीतिक दलमा नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीलाई र सङ्घीय लोकतान्त्रिक मञ्चले राजोदेवी ऋषिदेवलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ भने बाँकी महिलाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)