मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य

ekantipur.com · Sun Feb 26 01:21:52 GMT 2023

काठमाडौँ — सरकारले गत वर्षभन्दा प्रतिक्विन्टल १ सय ८६ रुपैयाँ बढाएर गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ तोकेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १ सय ६५ रुपैयाँ समर्थन मूल्य तोकिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी गराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)