पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
kendrabindu.com · Sun Oct 04 03:14:58 GMT 2026

पर्वत । बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, सात पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।
सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)