दीपक भट्टको चोलेन्द्र कनेक्सनपछि हलचल, नख्खुबाट सिन्धुपाल्चोक जेल सारियो
barnanmedia.com · Sun Oct 04 03:02:48 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्कमा रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि उनलाई स्थानान्तरण गरिएको बताइएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार भट्टलाई शनिबार साँझ नख्खुबाट सिन्धुपाल्चोक पठाइएको हो। कारागारभित्रको सुरक्षा तथा प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राखेर स्थानान्तरण गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)