मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पहिलो पटक एआई अवधारणा

ekantipur.com · Wed Jul 03 23:26:10 UTC 2024

काठमाडौँ — ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी शोध, अनुसन्धान, विकास र प्रयोगलाई बढावा दिँदै यसका जोखिम सम्बोधन गर्न आवश्यक नीतिगत एवं संस्थागत संरचना विकास गर्ने उद्देश्यसहित सरकारले एआईसम्बन्धी अवधारणा पत्र तयार गरेको छ । विकसित हुने क्रममै रहेको एआईजस्तो नवीनतम प्रविधिमाथि बुधबार सरकारले औपचारिक धारणा सार्वजनिक गरेको हो ।

विश्वभर मेसिन लर्निङ, डिप लर्निङजस्ता एआईको प्रयोग बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपालमा यसको इकोसिस्टम निर्माण गर्ने र आर्थिक सामाजिक रूपान्तरणमा सहयोगी बनाउने सरकारको दृष्टिकोण छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको ५४ पृष्ठ लामो दस्ताबेजमा नेपालमा एआईको वर्तमान, भविष्य, नीतिगत व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, समस्या र चुनौतीसँगै आगामी कार्यदिशाबारे उल्लेख छ । विभिन्न क्षेत्रमा एआईको सम्भावित उपयोग लगायतका विषय पनि यसमा समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)