कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह
nepallive.com · Sun Oct 04 03:15:49 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ। असोज १८ देखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आएका छन् भने केही क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)