कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित
nagariknews.nagariknetwork.com · Sun Oct 04 03:14:39 GMT 2026

घोराही उपमहानगरपालिका-१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही-१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छिन्।
कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछिन्। 'अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन आउने गरेकी छु,' उनले भनिन्, 'कृषि उपज केन्द्रले हामीजस्ता विद्यार्थी र मेहनत गर्ने किसान दुवैलाई सहज बनाएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)