कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह
nepalsamaya.com · Sun Oct 04 03:36:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पु¥याइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम छ। असोज १८ देखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आएका छन् भने केही क्रम जारी छ । राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)