कालो सिसा हटाउने सम्बन्धमा नाडासँग के भन्यो ट्राफिकले ?
baahrakhari.com · Mon Jun 29 10:53:32 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा छलफल गरेको छ ।
छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा प्रयोग भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)