रासायनिक मल वितरणका लागि समान र स्पष्ट नीति बनाउन निर्देशन
ratopati.com · Mon Aug 03 09:24:57 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणका लागि समान र स्पष्ट नीति बनाउन निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सो निर्देशन दिएका हुन् ।
उनले खाद्यान्न बालीसँगै उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर मल वितरण प्रक्रिया व्यवस्थापन गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री आचार्यले मल वितरणसम्बन्धी कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनुपर्नेमा जोड दिए । बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्तो समस्या समाधान हुने गरी वितरण प्रणाली सुधार गर्न नीति निर्माण गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)