रुसद्वारा ओएससिई संसदीय बैठकमा सहभागिता निलम्बन
barnanmedia.com · Wed Jul 03 23:52:21 UTC 2024

रुसी सांसदहरूद्वारा बुधबार युरोपको सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) संसदीय सभामा मस्कोको सहभागितालाई निलम्बन गर्ने पक्षमा मतदान गरेको र यसलाई रुसविरोधी र भेदभावपूर्ण ब्रान्डिङ गरेको छ ।
रुसको रबर स्ट्याम्प संसद्का दवबै सदन– स्टेट ड्यूमा र फेडरेशन काउन्सिलले बुधबारको सत्रमा सहभागिता बन्द गर्न सर्वसम्मतिले मतदान गरेको छ । सङ्घीय परिषद्, संसद्को माथिल्लो सदनले सभालाई पक्षपाती, भेदभावपूर्ण दृष्टिकोण, दोहोरो मापदण्ड, पूर्ण रुसोफोबिया, समान र अविभाज्य सुरक्षा सुनिश्चित गर्ने सान्दर्भिक मुद्दाहरूमा अर्थपूर्ण छलफलका लागि तयारी नगरेको आरोप लगाएको छ । ओएससिईको संसदीय सभा निर्णय लिने निकाय होइन तर यसको उद्देश्य सदस्यहरूका विधायिकाहरूबीच संवादलाई सहज बनाउनु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)