फिलिपिन्समा शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
nepalviews.com · Mon Jun 08 01:09:52 GMT 2026

एजेन्सी । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका प्रशान्त महासागरीय तथा एसियाली तटीय देशहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७:४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। शक्तिशाली भूकम्पको धक्का फिलिपिन्सका छिमेकी देशका तटीय क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)