रेडियो थाहासञ्चारको वक्तृत्व कलामा बाल विद्यासदन पहिलो
thahakhabar.com
हेटौंडा : बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिन बिहीबार सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा माविस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा मकवानपुर बाल विद्यासदनकी कुसुम खड्का प्रथम भएकी छन् भने बाल जागृति इङ्गलिस स्कुलकी ऋषिका श्रेष्ठ द्वितिय र आधुनिक राष्ट्रिय माविका कर्ण यादव तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)