मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’

abhiyandaily.com

दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे पनि तत्काल हट्ने देखिँदैन । तर रातो टीका लगाइदिने हातले नगद नोट पनि चलाउँदा नोट बिग्रिन्छन् । त्यसकारण राष्ट्र बैंकले नोट सफा राख्न अनुरोध गर्दै सूचना जारी गर्छ । नोट कसरी सफा राख्ने त ?

नोट सफा राख्ने धेरै उपायमध्ये एउटा हो, नोटलाई खामभित्र राखेर दक्षिणा दिने । यसका लागि उपयुक्त विभिन्न किसिमका खाम बजारमा पाइन्छन् । आकर्षक खाममा राखेर दक्षिणा दिँदा दक्षिणा पाउने बढी खुशी हुने वातावरण बन्न सक्छ । अलिकति खोजी गरेमा नेपाली बजारमा पारदर्शी, झ्याल भएका र रङीचंगी खाम पाइन्छन् । यस्ता खाम अनलाइनबाटै पनि खरीद गर्न सकिन्छ, जसबारे यहाँ केही चर्चा गरिएको छ :

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)