मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व चुहावटका उजुरी बढे, मुद्दा दर्ता घट्यो

karobardaily.com · Mon Feb 21 00:43:59 GMT 2022

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा राजस्व चुहावटका उजुरी बढे पनि मुद्दा संख्या भने घटेका छन् । गत आर्थिक वर्र्ष २०७७-०७८ को पुष मसान्तसम्म ४ सय ८३ उजुरी र सूचना तथा निवेदन परी ७५ वटा मुद्दा दर्ता गरिएकोमा यस वर्ष सोही अवधिमा उजुरी बढेर ७ सय ३७ पुगे पनि ४२ वटा मात्र मुद्दा दर्ता भएका हुन् ।

विभागले चालू वर्षको पहिलो छ महिनामा १ सय २९ प्रतिवादी विरुद्ध ४ अर्ब ६५ करोड विगो दावि गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो, जुन गत वर्षको तुलनामा निकै कम हो । गत वर्षको सोही अवधिमा विभागले १ सयय ७९ प्रतिवादी विरुद्ध ११ अर्ब १३ करोड विगो बराबरको मुद्दा दर्ता गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)