मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरभित्र तीन फिटसम्म बालुवा

gorkhapatraonline.com · Sun Oct 04 04:18:18 GMT 2026

नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँबस्तीका घरमा तीन फिटसम्म बालुवा भरिएको छ । बाढीले बस्तीका घरआँगन र सडकमा दुईदेखि तीन फिटसम्म बालुवा र लेदो थुप्रिएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण सुस्ताको थारू टोल, बड्की टोल, सैनिक टोल र क्याम्प टोल बढी प्रभावित भएका छन् । बस्तीका कतिपय घरभित्रै तीन फिटसम्म बालुवा र लेदो भरिएको छ भने केही घर आधासम्म पुरिएका छन् । कच्ची घर तथा छाप्रा भत्किएका छन् । बाढीले बगाएर ल्याएका रुखका हाँगा, स्याउलासोत्तर, काठसमेत घरआँगन तथा सडकआसपास थुप्रिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)