बाहिनीपति कपको ट्रफी नम्बर १९ बगलामुखी विशेष कार्यदल गणलाई
rajdhanidaily.com · Tue Apr 02 23:23:12 UTC 2024
काठमाडौं । सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’को उपाधि नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ । १३ चैतदेखि १८ चैतसम्म फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका १२ खेल विधा समावेश गरी बाहिनीपति कप सञ्चालन गरिएको थियो । प्रतियोगितामा बाहिनी मातहतका गण र गुल्महरूका सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)