मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मिश्रको एकल कार्टुन प्रदर्शनी

ekantipur.com · Fri Jan 19 00:31:27 GMT 2024

काठमाडौँ — कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी सुरु गरेका छन् । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा क्याफेमा १० दिनसम्म चल्ने प्रदर्शनी बिहीबारदेखि सुरु भएको हो । ‘डिपिक्सन’ शीर्षक दिइएको प्रदर्शनीमा मिश्रका ३५ कार्टुन राखिएका छन् ।

१७ वर्षदेखि कार्टुनमार्फत राजनीतिक, सामाजिक र समसामयिक विषयमा व्यंग्य गर्दै आइरहेका मिश्रले आफ्ना पाठक/दर्शकसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित प्रदर्शनी सुरु गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)