आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ
kendrabindu.com · Mon Jun 08 01:14:27 GMT 2026
सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने भन्दै निशस्त्रीकरणको अमेरिकी आग्रहलाई आइतबार अस्वीकार गरेको छ ।
उत्तर कोरियाले फेरि एकपटक अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निःशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यावहारिक सपना बताए । उनले अमेरिका र उसका सहयोगीहरूको चेतावनीका बीच उत्तर कोरियाले आफ्नो परमाणु शस्त्रागारलाई बलियो बनाइरहने बताए । यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
डोनाल्ड ट्रम्प