इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी
kendrabindu.com · Mon Jun 08 01:19:30 GMT 2026

काठमाडौं । हालै अमेरिकी सञ्चारमाध्यमले युद्धविरामको मस्यौदाबारे इरानको सेना र शीर्ष नेतृत्वबीच ठूलो मतभेद रहेको दाबी गरेपनि यसको इरानी अधिकारीले खण्डन गरेका छन् ।
इरानी उपराष्ट्रपति मोहम्मद रेजा आरिफले अमेरिकी सञ्चारमाध्यमबाट आएका ती समाचार ‘सही’ नभएको भन्दै दावीलाई आइतबार ठाडै अस्वीकार गरेका छन् । उनले यसलाई अफवाहको संज्ञा दिए । इरानका प्रथम उपराष्ट्रपति रेजा आरिफले इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) सँग भने ,“देशका सबै वरिष्ठ अधिकारीहरू वार्ताको प्रस्तावमा ‘पूर्ण एकताबद्ध’ छन् र मस्यौदा वार्ता वा प्रस्तावमा कुनै मतभेदको सम्भावना छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)